धमाधम हुँदै मेट्रो रेल निर्माणको काम

काठमाडौं । सातदोबाटो महाराजगन्जसम्मका लागि प्रस्ताव गरिएको मेट्रो रेल निर्माणअन्तर्गत विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) निर्माणको काम धमाधम अघि बढेको छ ।

रेल विभागले डिपीआर तयारका लागि एकवर्षको समयावधि तोकेर चिनियाँ र नेपाली कम्पनीको ज्याइन्ट भेन्चर कम्पनीलाई जिम्मा दिएको थियो । उक्त कम्पनीले धमाधम निर्माण कार्य अगाडि बढाएको हो ।

केही दिनअघि विधाग र चाइना रेलवे सियुआन सीइएमएटी कन्सल्ट्यान्ट कम्पनीबीच द्विपक्षीय सम्भौता (एमओयू) समेत भइसकेको छ ।

नेपालमै पहिलापटक निर्माण गर्न लागिएको मेट्रो रेलअन्तर्गत करिब १२ किलोमिटर यो खण्डको सम्भाव्यता अध्ययन प्रतिवेदन पनि तयार भइसकेको छ ।

सातदोबाटोदेखि महाराजगन्जसम्मका लागि प्रस्ताव गरिएको मेट्रो रेल निर्माणअन्तर्गत विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम अघि बढेको छ ।

रेल विभागले डिपीआर तयारका लागि एक वर्षको समयावधि तोकेर चिनियाँ र नेपाली कम्पनीको ज्वाइन्ट भेन्चर कम्पनीलाई जिम्मा दिएको छ । केही दिनअघि विभाग र चाइना रेलवे सियुआन–सीईएमएटी कन्सल्ट्यान्ट कम्पनीबीच द्विपक्षीय सम्झौता (एमओयू) समेत भइसकेको छ ।

मेट्रो रेलअन्तर्गत करिब १२ किलोमिटरको यो खण्ड अन्तर्गत सातदोबाटोबाट रत्नपार्क भएर नारायणगोपाल चोक पुग्नेछ । रेल विभागले महराजगन्ज–बूढानीलकण्ठ र सातदाबाटो–खोकनासम्मको मेट्रो रेल बनाउने योजना पनि गरिरहेको छ । सो खण्डको फिजिबिलिटीको काम भने हुन बाँकी छ ।