बैठकका लागि काँग्रेसले बनायो पाँचवटा तयारी समिति

काठमाडौं । महासमिति बैठकको तयारी गर्न नेपाली कांग्रेसले विभिन्न उपसमिति गठन गरेको छ । महासमिति बैठक स्थानीय व्यवस्थापन समितिको मंगलबार बिहान बसेको बैठकले तयारीका लागि विभिन्न पाँचवटा उपसमिति गठन गरेको हो।

बैठकले भक्तपुर कांग्रेसका सचिव उद्धव सिलवालको संयोजकत्वमा भोजन व्यवस्थापन उपसमिति, काठमाडौं कांग्रेसका कोषाध्यक्ष गोविन्द पुडासैनीको संयोजकत्वमा मञ्च तथा प्रचारप्रसार व्यवस्थापन उपसमिति र ललितपुर कांग्रेसका सचिव भीमसेन घिमिरेको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन उपसमिति गठन गरेको पार्टी कार्यालयका सचिव डा प्रदीप पराजुलीले जानकारी दिए।

पराजुलीका अनुसार भक्तपुर कांग्रेसका सचिव निशान ढुङ्गेलको संयोजकत्वमा स्थानीय व्यवस्थापन सचिवालय उपसमिति र आर्थिक व्यवस्थापन गर्न उपत्यकाका तीनै जिल्लाका सभापतिलाई जिम्मा दिने निर्णय भएको छ ।

कांग्रेसको महासमिति बैठक मंसीर ५ देखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा बस्दैछ। समिति तथा उपसमिति
जिम्मेवारी अनुसार बैठकको तयारीमा खटिएका छन् ।