उपाध्यायलाई गोरखापत्रको महाप्रबन्धकबाट नहटाउन सर्वोच्चको आदेश

काठमाडौ । सर्वोच्च अदालतले गोरखापत्र संस्थानको महाप्रबन्धकबाट बसन्तप्रकाश उपाध्यायलार्इ हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ।

न्यायधीश इश्वर खतिवडाको एकल इजलासले उपाध्यायलाई महाप्रवन्धकबाट नहटाउन आदेश दिएको हो । गत आइतबार सम्पन्न मन्त्रीपरिषद् बैठकले उपाध्यायलाई हटाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयलाई चुनौति दिँदै उपाध्याय सर्वोच्च पुगेका थिए ।

यस अघि पनि उपाध्यायलाई हटाइएको थियो । सरकारको उक्त निर्णयलाई चुनौति दिँदै उपाध्याय सर्वोच्च पुगेका थिए । सर्वोच्चले गत असार २९ गते उनलाई पुनस:स्थपित गरेको थियो ।

नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७४ मङ्सिर २५ गतेको निर्णले उपाध्यलाई महाप्रवन्धकमा नियुक्त गरेको थियो ।