नियालेर हेर्छु भन्दै आइन निर्जला

काठमाडौं । कलाकार निर्जला अधिकारीको शब्द, संगीत र स्वरमा सजिएको गीत सार्वजनिक भएको छ । ‘नियालेर हेर्छु जब तिमिलाई’ बोलको गीतको म्युजिक भिडियो युट्युव मार्फत सार्वजनिक भएको हो ।

चलचित्र ‘जस्मिन’मा सह–निर्देशन गरिसकेकी निर्जला आफैले म्युजिक भिडियोको निर्देशन गरेकी छन् । भिडियोमा निर्जला आफैले अभिनय गरेकी छिन् । उनलाई नयाँ कलाकार आनन्द क्षेत्रीले साथ दिएका छन् । विभिन्न रमणीय स्थान कैद गरिएको भिडियो ज्ञानु चौलागार्ईंले छायांकन गरेका हुन भने विवेक सुनारले भिडियो सम्पादन गरेका हुन् ।