कांग्रेसको बैठक मंगलबार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २० गते मंगलबार बस्ने भएको छ ।

कांग्रेसले प्रेस विज्ञप्ति जारी गर्दै बैठक मंगलबार बस्ने जानकारी दिएको हो । कांग्रेसले विज्ञप्ति मार्फत सबै केन्द्रीय सदस्यलाई बैठकमा उपस्थित हुन अनुरोध गरेको छ ।