ग्लोबल फेसन वीकमा नेपाललाई सफलता

काठमाडौं । कोरियाको इन्चियन शहरमा आयोजना भएको ‘५ औं लक्जरी ब्राण्ड मोडल अवार्ड, ग्लोबल फेसन वीक २०१८’ मा नेपालाई राम्रै सफलता हात लागेको छ । नेपालको प्रतिनिधित्व गर्दै अवार्डमा सहभागी उदयीमान मोडलहरू विक्रम आदित्य महासेठ, अदिति अधिकारी, रुविष्का श्रेष्ठ र आदर्श ज्ञवालीले बिभिन्न अन्तराष्ट्रिय अवार्ड नेपाल भित्र्याउन सफल भएका छन् ।
कार्यक्रममा विक्रम र रुविष्का श्रेष्ठले ‘ब्राण्ड अनररी एम्बेसडर अफ एलबिएमए’ अवार्ड जित्दा अदीति अधिकारले ‘फेसनिन्स्टा एण्ड ब्राण्ड अनररी एम्बेसडर फर जे जुन कस्मेटिक प्रोडक्ट’ र आदर्श ज्ञावलीले ‘बेष्ट पर्सनालिटी’ अवार्ड हात पारे ।

कोरियोको हायात इन्चीयोनमा २८ अक्टोबरदेखि १ नोभेम्बरसम्म अर्थात ( ११ कत्र्तिकदेखि १५ सम्म’ आयोजित कार्यक्रममा यी सहभागीले नेपालका बिभिन्न कलासंस्कृति बिश्वका सहभागी माझ प्रस्तुत गरेका थिए ।

नेपालको प्रतिनिधित्व अवार्डमा सहभागी मध्य अदिति अधिकारी नेक्स्ट मोडल्स नेपाल आयोजक रहेको ‘मोडल हन्ट २०१८’ की महिला विजेता हुन् । रुविष्का श्रेष्ठ र आदर्श ज्ञवाली सोही कार्यक्रमको फस्र्ट रनर अप र थर्ड रनरअप बिजेता हुन् ।
अर्का सहभागी विक्रम अदित्य मोडल ‘हन्ट नेपाल २०१७’ का विजेता हुन् । उनी २०१८ कै एशिया मोडल फेस्टीवल फेस अफ नेपाल विजेता पनि हुन् ।