जहाँ ६२ लाख रुपैंया बराबरको फूल व्यापार भयो

काठमाडौं । बाह्रौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी ४४ हजार ५ सय जनाले अवलोकन गरेका छन् । ४ दिनमा ६२ लाख रुपैंयाको कारोबार भएको छ । आइतबार पुष्प मेला सकिएको छ ।

तिहार नजिकिँदै गर्दा आयोजना गरिएको मेलामा अवलोकनकर्ताको भिड लागेको थियो । तेस्रो दिनसम्ममा मात्र ३९ हजार भन्दा बढीले अवलोकन गरी ५० लाख रुपैंयाको फूल बिक्री भएको थियो । उक्त मेलाको अन्तिम दिन आइतबार ५ हजार भन्दा बढीले अवलोकन गरेका थिए । आइतबार साढे ११ लाख रुपैंयाको फूल बिक्री भएको मेला आयोजक फ्लोरीकल्चर एशोसिएशनले जनाएको छ ।

प्रदेश नं ३ को भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पुष्पविकास केन्द्रको सहयोगमा बिहीबारदेखि फ्लोरीकल्चर एशोसिएसनले मेला आयोजना गरेको हो । प्रदर्शनीमा ४५० भन्दाबढी जातका फूलका ४८ वटा कक्ष थिए । प्रदर्शनीमा तिहारका लागि प्रयोग हुने गोदावरी फूलका विभिन्न प्रकार स्पाइडर, मिनियचर, इन्क्रर्भ, रिफ्लेक्स तथा कट फ्लावर विधालाई समावेश गरिएको थियो ।

२०११ देखि नेपाल प्राइभेट नर्सरी स्थापनासँगै सामान्यस्तरमा शुरु भएको पूmल व्यवसाय गत आर्थिक वर्षको अन्त्यसम्ममा ४३ जिल्लामा विस्तार भइसकेको छ ।