बैतडीमा काँग्रेसको विशाल आमसभा

बैतडी । नेपाली काँग्रेसले बैतडीको पुर्चौडी नगरपालिकामा विशाल आमसभा सम्पन्न गरेको छ । काँग्रेस पुर्चौडी न पाको आयोजनामा सम्पन्न सभामा नेपाली काँग्रेसका प्रभावशाली नेता तथा पूर्व मन्त्री एन पी साउँदको प्रमुख अतिथि थिए ।

आम सभामा कांग्रेस नेता बिनयध्वज चन्द, पूर्ब मंन्त्री नरबहादुर चन्द, पूर्ब सांसद बहादुर सिह थापा, पूर्ब मन्त्री एबं पाटन मेयर केशव ब चन्द, बैतडी सभापति एबं मेयर नरेन्द्र थापा, युबा नेता पदम ब शाही बाजुरा, युबा नेता हरिमोहन भण्डारी, युबा नेता लक्ष्मण शाही, बैतडी सचिव एवं सोर्नाया अध्यक्ष बिर ब बिष्ट, सचिव प्रेम चन्द, क्षेत्रीय सभापति द्वय तेज ब चन्द, गौरी सिह रावललगायतको सहभागिता थियो । कार्यक्रमको सभापतित्व धीरेन्द्र बमले गर्नु भएको थियो ।