राजपाक्षेका समर्थक सडकमा

एजेन्सी । श्रीलंकाका पूर्व राष्ट्रपति महिन्दा राजपाक्षेका समर्थकले प्रधनमन्त्रीमा भएको उनको नियुक्तिका पक्षमा प्रदर्शन गरेका छन् ।
राजपाक्षेका हजारौँ समर्थकले कोलम्बोमा प्रदर्शन गरेका हुन् । राजपाक्षेका पक्षमा समर्थन जनाउन देशभरबाट समर्थक आएका थिए ।

गत कात्तिक ९ गते राष्ट्रपति मैत्रिपाला सिरिसेनाले प्रधानमन्त्री रनिल बिक्रम सिंघेलाई बर्खास्त गर्दै राजपाक्षेलाई प्रधानमन्त्री नियुक्त गर्नु गरेका थिए ।

अघिल्लो साता सभामुख कारु जयसुरियाले संसदमा मतदान गर्न अवरोध गरे मुलुकमा रक्तपात हुने चेतावनी दिए लगत्तै बिक्रमसिंघेका समर्थकले पनि प्रदर्शन गरेका थिए ।