राष्ट्रिय पुरुष क्लब लिग भलिबल पुस १ देखि

काठमाडौं । चौथो राष्ट्रिय पुरुष क्लब लिग भलिबल प्रतियोगिता आगामी पुस १ गतेदेखि हुने भएको छ । नेपाल भलिबल संघले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो ।

राष्ट्रिय वाणिज्य बैंकको प्रायोजनमा पोखरा रंगशालामा हुने प्रतियोगितामा तीन विभागीयसहित विभिन्न ८ टोलीले सहभागिता जनाउने बताइएको छ ।

८ टोलीमा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्र्रहरी बलको एपीएफ टिम, हेल्प नेपाल स्पोर्ट्स क्लब, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, ढोरपाटन स्पोर्ट्स क्लब, नयाँबजार स्पोर्ट्स क्लब काठमाडौं र मणि मुकुन्द क्लब बुटवल रहेका छन् ।

लिगका आधारमा हुने प्रतियोगिता पुस ७ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।