डडेलधुराको रडुवामा बस खस्यो, कम्तिमा १६ जनाको मृत्यु

अमरगढी । डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा आज साँझ बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ३२ जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीका अनुसार भाडामा लिइएको डोटीको पिसजोन विद्या निकेतन स्कूलको बस दुर्घटनामा परेको हो ।

अमरगढी–५ स्थित उग्रतारा मन्दिरमा आज लागेको मेला हेरेरघर फर्किँदै गरेका यात्रु दुर्घटनामा परेका हुन् । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी घाइतेको उद्धारमा खटिएका छन् । घाइतेलाई उपचारका लागि डडेल्धुरास्थित उपक्षेत्रीय अस्पताल लगिने क्रम जारी छ ।