मंसिर १४ मा रारा सफाई !

काठमाडौं । रारा तालमा आर्ट समिट ट्राभल तथा होटेल हिलसाइड कालिकोटको आयोजनामा सरसफाई कार्यक्रम गरिने भएको छ । शुक्रबार राजधानीमा आर्ट समिट ट्राभल्स एण्ड टुर्स प्रालिले पत्रकार सम्मेलन गरेर सो जानकारी गराएको हो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको प्रमुख आतिथ्यतामा समापन गरिने कार्यक्रम ‘हाम्रो नेपाल नेपालीलाई चिनाऔँ ’ भन्ने नाराका साथ मंसिर १४ गते हुने भएको छ । सस्तो तथा शुलभ खर्चमा खाठमाडौं देखि रारा तथा पुन राराबाट काठमाडौंसम्मको जम्मा १६ हजार ५ सय रुपैयाँमा ७ दिने भ्रमण गर्न सकिने आयोजकले जनाएको छ ।

कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित नेपालको ठूलो र प्रसिद्ध तालमा गर्न लागिएको अभियान विशेष गरी पर्यटकीय क्षेत्रको प्रबद्र्वन गर्ने उद्देश्य रहेको आर्ट समिट ट्राभल्स प्रालिका प्रवन्धनिर्देशक सोमबहादुर तामाङ्गले बताए ।