जनअपेक्षाअनुसार सरकारले काम गरेन : डा कोइराला

नेपालगञ्ज । नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गरेका छन् ।

बाँकेको राप्तीपारी नरैनापुर गाउँपालिकाको जमुनीमा आज आयोजित आमसभामा उनले सरकारले जनतामाथि करको भार बढाउनु गलत भएको तर्क गरे । जनताको सच्चा साथी काङ्ग्रेस भएको दावी गर्दै नेता कोइरालाले लोकतान्त्रिक चरित्रलाई काङ्ग्रेसले कहिल्यै नछाड्ने दावी गरे ।

आमसभामा काङ्ग्रेसका केन्द्रीय नेता अमरेशकुमार सिंह, सांसद मोहम्मद याकुव अन्सारी, सर्वतआरा खातुन लगायतले पार्टीलाई एकीकृत बनाएर जनताको पक्षमा लाग्ने वातावरण बनाउने दावी गरे ।