मंगलबार थपिए ३८० जना, नेपालमा संक्रमितको संख्या ६ हजार पाँच सय ९१ पुग्यो, ११७ जना निको भए

काठमाडौं । आज एकै दिन नेपालमा तीन सय ८० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा तीन सय ८० संक्रमित थपिएका हुन् ।

आजसम्म ७३ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । यो सँगै नेपालमा मंगलबार सम्म ६ हजार पाँच सय ९१ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा एक सय १७ जना निको भएर घर फर्किएका छन । तींमध्ये एक सय नौ पुरुष र आठ महिला छन् । हालसम्म देशभरका २२ प्रयोगशालाबाट एक लाख ४३ हजार सात सय ३८ पीसीआर परीक्षण गरिएको छ भने दुई लाख २३ हजार ५१९ जनाको आरडीटी परीक्षण गरिएको छ । देशभरका क्‍वारेन्टिनमा एक लाख ३३ हजार नौ सय मानिस रहेका छन् ।