सरकार संकटमा पनि भ्रष्टाचारमा लिप्त भयोः काँग्रेस प्रवक्ता शर्मा

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकार संकटमा पनि भ्रष्टाचारमा लिप्त भएको बताएका छन । देश र जनताको रक्षा गर्नुपर्ने संकटका बेला पनि सरकार भ्रष्टाचारमा लिप्त भएको उनको आरोप छ ।

सपना बाँडेर मात्र रोग र भोकबाट बच्न नसकिने प्रवक्ता शर्माको भनाइ थियो । ुसङ्कटको सामना गर्न प्रतिपक्षले सरकारलाई सहयोग गरिरहेका बेला उल्टै भ्रष्टाचार र अनियमितता बढेको छु, शर्माले भने, ुजसका कारण काँग्रेस देशव्यापी विरोधमा उत्रिनु परेको छ ।ु

सडकमा उत्रिएर युवाहरूले उठाएका माग सम्बोधन गर्न सरकार हच्किनुले देश र जनताको उन्नतिमा सरकारका जिम्मेवार व्यक्ति नै बाधक भएको उनले बताए । उनले ुसमृद्ध नेपाल सुखी नेपाली’ निर्माणमा बाधक रहेको भ्रष्टाचार, दुराचार र अन्यायको विरूद्धमा सडकमा उत्रिएका युवाहरूको आन्दोलनको पक्षमा काँग्रेस रहने पनि बताए ।

राष्ट्रियता र समृद्धिका लागि सरकारलाई पार्टीले पूर्णरुपमा सहयोग गर्ने पनि शर्माले बताए । झापाको चन्द्रगढीमा आज सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता शर्माले राष्ट्रियताको पक्ष र मुलुकको समृद्धिका लागि काँग्रेसले सहयोग गर्ने दोहोर्याए । आज काँग्रेसले सरकारको पछिल्लो क्रियाकलाप र कोरोना नियन्त्रणमा देखाएको उदासिनताप्रति असन्तुष्टि जनाउँदै देशैभरबाट ज्ञापनपत्र बुझाएको छ ।