कोरोनाबाट थप एक जनाको मृत्यु

बाँके । कोरोना संक्रमणबाट बाँकेमा एक महिलाको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले दिएको जानकारी अनुसार बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको उपचारका क्रममा मंगलबार साँझ मृत्यु भएको हो ।

मंगलबार बिहान कोरोना पुष्टि भएकी उनको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसीयुमा उपचार भइरहेको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी ३० जेठमा अस्पतालमा भर्ना भएकी थिइन् ।