पिसीआर किन्न नगरप्रमुख साउदको पाँच लाख सहयोग

डडेल्धुरा । डडेल्धुरा–परशुराम नगरपालिका नगरप्रमुख भीमबहादुर साउदले डडेल्धुरामा पिसीआर मेसिन किन्न पाँच लाख सहयोग गरेका छन । आफ्ना स्व दाजु दलबहादुर साउदको स्मृतिमा उनको कम्पनी राजेन्द्र निर्माण सेवा प्रालिका तर्फबाट पाँच लाख दिएका हुन ।

सुदूरपश्चिममा कोरोना परीक्षण गर्ने पिसीआर मेसिन एउटा मात्र भएकाले परीक्षणको दायरा बढाउन डडेल्धुरामा पिसीआर मेसिन खरिद गर्न लागिएको हो । डडेल्धुरामा पिसीआर मेसिन खरिद गरेर जडान गर्न थुप्रै अभियान शुरु भइरहेका छन् ।