सीमामा युद्ध भड्काउन खोजिए त्यसको जवाफ दिन भारत सक्षम छः नरेन्द्र मोदी

विशेष संवाददाता

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमामा भड्काउने काम गरेरमा भारत त्यसको जवाफ दिन तयार भएको बताएका छन । भारत छिमेकी मुलुक चीनसँग शान्ति चाहिरहेको पनि उनले उल्लेख गरेका छन ।

लद्दाखस्थित भारत–चीन सीमावर्ती गलवान उपत्यकामा भारतीय र चिनियाँ सैनिकबीच भएको भिडन्तमा कम्तिमा २० जना भारतीय सैनिकको मृत्यु भएको भोलीपल्ट प्रतिक्रिया दिँदै प्रधानमन्त्री मोदीले आफूहरु शान्तिको पक्षमा भए पनि भड्काउने काम गरे जवाफ दिन तयार भएको पनि बताएका हुन ।

कोरोनाभाइरसका कारण भारतमा जारी लकडाउनमा सहजीकरण गर्ने बारेमा राज्यका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्स गर्नु अद्धि प्रधानमन्त्री मोदीले सीमाक्षेत्रमा भएको घटनाका बारेमा राज्यका मुख्यमन्त्रीहरुलाई जानकारी गराएका थिए ।

उनले आफूहरुले मानव कल्याणका लागि प्रार्थना गरेको बताउँदै भने, ‘भारत शान्ति चाहन्छ तर युद्धका लागि उक्साए त्यसको जवाफ दिन सक्षम छ ।’ आफूहरु हामीले छिमेकी मुलुकहरुसँग सदैब मित्रवत र सहयोगात्मक ढंगबाट कार्य गरिरहेको पनि जिकिर गरे ।

‘हामीबीच कुनै मतभेद भए त्यसले विवादको रुप नलिओस् भन्ने हामीले प्रयास गरेका छौं । हामी कहिल्यै कसैलाई उक्साउने कार्य गर्दैनौं । तर हामी मुलुकको अखण्डता र सम्प्रभुतामाथि कुनै किसिमको सम्झौता गर्दैनौं । हामीले आफ्नो मुलुकको अखण्डता र सम्प्रभुताको संरक्षणमा आवश्यक परेको अवस्थामा सम्पूर्ण शक्ति लगाएका छौं,’ मोदीले भने ।

प्रधानमन्त्री मोदीले भारतीय सेनाले गरेको बलिदान खेर जान नदिने पनि बता । उनले भने, ‘हाम्रा लागि मुलुकको एकता र अखण्डता सबैभन्दा महत्वपूर्ण छ । कसैले पनि हाम्रो मुलुकको सुरक्षा गर्नबाट रोक्न सक्दैन । भारत शान्ति चाहन्छ तर उक्साउने कार्य भएमा जस्तोसुकै जवाफ दिन सक्षम छ ।’

प्रधानमन्त्रीको सम्बोधनका क्रममा गृहमन्त्री अमित शाह र १५ वटा राज्यका मुख्यमन्त्रीहरुको उपस्थिति थियो । उक्त कार्यक्रम हुनुअघि सीमामा मारिएका सैनिकको सम्मानमा दुई मिनेट मौनधारण गरिएको थियो ।

लद्दाखको गलवान उपत्यकामा चिनियाँ सेनासँगको भिडन्तमा कर्णेल सहित कम्तीमा २० जना भारतीय सेनाको मृत्यु भएको थियो । उक्त भिडन्तमा चिनियाँ सेनातर्फ भएको क्षतिका बारेमा केही बताइएको छैन । यद्यपित ४३ जना तिनिया सेनातर्फ घाइते वा क्षति भएको अनुमान गरिएको छ । नेपाल र भारतको लिपुलेख, लिम्पियाधुरा र कालापानी बारे भने मोदीले कुनै प्रसंग झिकेनन ।

यसैबीच, गलवान उपत्यकामा भएको तनाबलाई लिएर चिनियाँ र भारतीय विदेशमन्त्रीबीच टेलिफोनमा सम्बाद भएको छ ।