कोरोना कहरः विश्वमा ४ लाख ४८ हजारको मृत्यु, ८३ लाख २६ हजार संक्रमित, निको हुनेको संख्या ४३ लाख ५६ हजार नाघ्यो

एजेन्सी । कोरोना भाइरस बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ४८ हजार दुई पुगेको छ । संक्रमणबाट विश्वभर ८३ लाख २६ हजार १० जना संक्रमित भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

नेपाली समयानुसार बुधबारसम्म अबेरसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४३ लाख ५६ हजार सात सय ५० निको भएर घर फर्किएका छन । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ३५ लाख व्यक्ति उपचाररत छन् । संक्रमितहरुमा ५४ हजार पाँच सय ९२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बर अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २२ लाख आठ हजार ४ सय जनामा कोरोना भाइरसका संक्रमित छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख १९ हजार एक सय ३२ भन्दा बढीको मृत्यु भइसकेको छ।

दक्षिण अमेरिकामा १५ लाख १४ हजार चार सय ९८ जना कोरोना भाइरस संक्रमति छन् । यहाँ ६३ हजार दुई ९० जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २५ लाख ४५ हजार दुई सय ३१ जना कोरोना भाइरस संक्रमति छन् । यहाँ १ लाख ४७ हजार आठ सय ९५ जनाको मृत्यु भएको छ ।

युरोपमा २२ लाख ३५ हजार नौ सय ७० जना कोरोना भाइरस संक्रमित छन् भने १ लाख ८३ हजार नौ सय ९८ को मृत्यु भएको छ । एसियामा १६ लाख ९८ हजार पाँच सय ९९ जनामा कोरोना भाइरस संक्रमण छ भने, ४४ हजारको मृत्यु भएको छ ।

अफ्रिकामा २ लाख ६१ हजार नौ सय ३९ जनामा कोरोना भाइरस संक्रमण छ भने ७ हजार ४६ जनाको मृत्यु भएको छ । ओसियानामा ८ हजार नौ सय ८३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने एक सय २४ जनाको मृत्यु भएको छ ।