काठमाडौं । विश्वभर एकै दिन १ लाख ४० हजारभन्दा बढीमा संक्रमित थपिएका छन् ।
शुक्रबार बिहानसम्म विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट पछिल्लो २४ घण्टामा मात्रै १ लाख ४० हजार ३२३ जना संक्रमित थपिएका हुन् । योसँगै संक्रमितको संख्या ८५ लाख ७० हजार १७९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार १२६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४ लाख ५५ हजार ५७८ पुगेको छ ।
३६ लाख ५ हजार ३४६ जनाको उपचार भइरहेको छ भने ४५ लाख ९ हजार २५५ जना उपचारपछि निको भएका छन् ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा शुक्रबार बिहानसम्म १ लाख ८५ हजार २३५ जनाको मृत्यु भएको छ ।
२२ लाख ६८ हजार १३६ जना संक्रमित भएकोमा १२ लाख १९ हजार १३३ जना संक्रमणमुक्त भएका छन् ।