गण्डकीका थप २४ जनामा कोरोना पुष्टि

काठमाडौं । गण्डकी प्रदेशका थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जा, कास्की, बाग्लुङ, नवलपरासी पूर्व गरेर चार जिल्लामा संक्रमित भेटिएका हुन् ।

नवलपरासी पूर्वको विनयत्रिवेणी गाउँपालिकामा दुई जना, बाग्लुङ्को गल्कोट नगरपालिकामा ६, काठे खोला गाउँपालिकामा ६ जनामा संक्रमण देखिएको हो ।

त्यस्तै, पोखरा महानगरपालिकामा पाँच र रुपा गाउँपालिकामा एक जना गरी कास्कीमा ६ जनामा कोरोना पोजेटिभ देखिएको हो । स्याङ्जामा थप दुई जनामा कोरोना देखिएको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितको सङ्ख्या ३ सय ४८ पुगेको छ ।