भारतमा संक्रमितको संख्या ३ लाख ८० हजार नाघ्यो

एजेन्सी । भारतमा एकै दिन कोरोना भाइरसबाट १३ हजार पाँच सय ८६ जना संक्रमित भएका छन । आजसम्म पुरा भारतमा संक्रमित हुनेको संख्या ३ लाख ८० हजार पाँच सय ३२ पुगेको छ ।

एकै दिन भारतमा दुई हजारभन्दा बढीको मृत्यु भएको तथ्यांक भए पनि गएको २४ घन्टामा भने ३ सय ३६ जनाको ज्यान गएको छ । हालसम्म भारतमा कोरोना संक्रमणबाट १२ हजार पाँच सय ७३ जनाको ज्यान गएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमित मध्ये २ लाख चार हजार सात सय एक ४८ जनाको उपचार भइरहेको छ ।