कोरोना संक्रमित बढेपछि गन्यापधुरा गाउँपालिका सिल

डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा सिल गरिएको छ। एकैपटक धेरै कोरोना संक्रमित देखिएपछि बिहीबारदेखि असार १२ गतेसम्मका लागि गाउँपालिका सिल गरिएको गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लले बताए।

उनले कोरोना संक्रमितहरु घर नबसी हिडडुल गर्न थालेपछि गाउँपालिका नै सिल गर्नु परेको बताए । हिजो मात्रै गन्यापधुरामा ५८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

गाउँपालिकाले सिल गरिएको अवधिमा स्वास्थ्य सेवा बाहेकका सम्पूर्ण कार्यालयहरु, बैंकहरु र पसलहरुसमेत बन्द रहने छन । आवश्यक काम बाहेकको अवस्थामा घरबाहिर कसैलाई ननिस्कन गाउँपालिकाकावासीलाई आग्रह गरिएको छ ।

गाउँपालिकामा नेपाल प्रहरी र शसस्त्र प्रहरी समेत परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रशासकीय अधिकृत गणेश ओझाले बताए ।