कोरोना संक्रमित दिल्लीका स्वास्थ्यमन्त्रीको अवस्था झन खराब

एजेन्सी । कोरोना संक्रमित दिल्लीका स्वास्थ्य मन्त्री सत्येन्द्र जैनको स्वास्थ्य अवस्था झन खराब बन्दै गएको छ । दिल्लीको राजीव गान्धी सुपर स्पेशिएलिटी अस्पतालमा उपचाररत उनलाई त्यहाँबाट मैक्स साकेत अस्पतालमा सारिएको छ ।

भारतीय मिडियाका अनुसार उनलाई सास फेर्न समस्या भएको छ । उनलाई निमोनिया पनि बढ्दै गएको र ज्वरोले पनि नछोडेको अस्पतालले जनाएको छ । मैक्स साकेत अस्पतालमा उनको प्लाज्मा थेरापी पनि हुनसक्ने बताइएको छ ।

यसैबीच दिल्लीका मुख्य मन्त्री अरविन्द केजरीवालले प्रदेशका स्वास्थ्य मन्त्री जैनको फोक्सोमा निमोनिया बढेको बताएका छन । उनलाई आज निकै थकान र सास फेर्न असहज भएको पनि उनले प्रतिक्रिया दिएका छन ।