नेता लेखकको पहलमा पिपिईसहित स्वास्थ्य सामग्री प्रदान

कञ्चनपुर । कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकको पहलमा कोरोना भाइरस बिरुद्ध काम गरिरहेका कंचनपुरका केही स्वास्थ केन्द्रमा कार्यरत स्वास्थकर्मीलाई ५६ थान पिपिइसहित स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरिएको छ।

कांग्रेस कंचनपुरमार्फत जिल्लाका ३ वटै निर्वाचन क्षेत्रका स्थानीय तह अन्तर्गत स्वास्थ्य केन्द्रका लागि क्षेत्र नम्बर १ मा १३ थान, क्षेत्र नम्बर २ मा १३ थान र क्षेत्र नम्बर ३ का लागि ३१ थान पिपिईसहित सेनिटाइजर, सर्जिकल मास्क र एन ९५ मास्क प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडालाई हस्तान्तरण गरिएको हो ।

कांग्रेस कंचनपुरका सभापति हरिप्रसाद बोहोरालगायतको टोलीले जिल्ला प्रशासन कार्यालय कंचनपुर पुगेर उक्त सामग्री हस्तान्तरण गरेका हुन ।