कोरोनाबाट विश्वमा ४ लाख ५७ हजार भन्दा बढीको मृत्यु, ८६ लाख ३९ हजार भन्दा बढी संक्रमित, अमेरिकामा मात्रै एक लाख २० हजारभन्दा बढीको मृत्यु

एजेन्सी । कोरोना भाइरसबाट विश्वमा ४ लाख ५७ हजार सात सय ८५ जनाको मृत्यु भएको छ । यस संक्रमणबाट विश्वभर ८६ लाख ३९ हजार पाँच सय १४ जना संक्रमित भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ ।

शुक्रबारसम्म कोरोना भाइरसका कारण बिरामी भएका ४५ लाख ५० हजार निको भएका छन्। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ३६ लाख व्यक्ति उपचाररत छन् । संक्रमितहरुमा ५४ हजार ६ सय १३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्ष डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २२ लाख ६३ हजार सात सय ४९ जनामा कोरोना भाइरसका संक्रमित छन् । यस महामारीबाट अमेरिकामा एक लाख २० हजार ६ सय ८८ जनाको मृत्यु भइसकेको छ ।

दक्षिण अमेरिकामा १६ लाख २९ हजार ६७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ६६ हजार नौ सय ४२ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २६ लाख १७ हजार चार सय ७६ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ५१ हजार ७२ जनाको मृत्यु भएको छ ।

युरोपमा २२ लाख ७७ हजार तीन सय ६१ जना कोरोना भाइरस संक्रमित छन् भने १ लाख ८५ हजार चार सय ५० को मृत्यु भएको छ । एसियामा १७ लाख ८६ हजार एक सय ८० जनामा कोरोना भाइरस संक्रमित छन भने, ४५ हजार ६ सय ६८ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा २ लाख ७९ हजार चार सय ५२ जनामा कोरोना भाइरस संक्रमण छ भने ७ हजार चार सय ५६ जनाको मृत्यु भएको छ । ओसियानामा ९ हजार २३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने एक सय २४ जनाको मृत्यु भएको छ ।