गण्डकी प्रदेशमा थप ५८ कोरोना पुष्टि, संक्रमित संख्या ४३८ पुग्यो

पोखरा । शनिबार बिहान गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना पुष्टि हुनेमा तनहुँमा २५, नवलपुरमा १६, गोरखामा ५, म्याग्दीमा १, कास्कीमा २, स्याङ्जामा १ र बागलुङमा ८ जना गरी ५८ जना रहेका छन् ।

यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ४ सय ३८ पुगेको छ ।