ब्रुनोको पेनाल्टीले हारबाट जोगियो युनाइटेड

ब्रुनो फर्नान्डेजले खेलको अन्त्यतिर पेनाल्टीबाट गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई हारबाट जोगाएका छन् । खेलको ८१औं मिनेटमा गरेको उनको गोलले खेललाई १–१ को बराबरीमा रोक्न सफल मद्दत गरेको हो ।

खेलको पहिलो हाफमा गोलकिपर डेभिड डि गेयाको गल्तीको फाइदा उठाउँदै स्पर्सले अग्रता लिएको थियो । २७ औं मिनेटमा स्टेभेन बर्गविनको शक्तिशाली प्रहारलाई डि गेयाले रोक्न असफल भएका थिए ।

खेलको अन्त्यतिर रेफ्री जोन मसले टोटनहमलाई पेनाल्टी प्रदान गरे पनि भिडियो एसिस्टेन्ट रेफ्रीले उक्त निर्णयलाई उल्टाएको थियो ।

शुक्रबार भएको खेलमा पाउल पोग्बाले पनि टोलीमा पुनरागमन गरेका थिए । चोटका कारण गत डिसेम्बर २६ देखि मैदान बाहिर रहेका पोग्बाले स्पर्सविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

युनाइटेड सबै प्रतियोगिताका पछिल्ला १२ खेलमा अपराजित रहेको छ । यसक्रममा ८ खेलमा जीत तथा ४ खेल बराबरी गरेको छ । उता, स्पर्स भने पछिल्ला ७ खेलमा जीतविहीन रहेको छ ।

जीतपछि युनाइटेड लिगको पाँचौ स्थानमा उक्लिएको छ भने टोटनह्याम लिगको आठौं स्थानमा रहेको छ ।

अन्य खेलमा साउथह्याम्पटनले नर्विच सिटीलाई ३–० ले पराजित गर्यो ।