कोरोनाभन्दा जटिल आत्महत्या !

० ओम बानियाँ

नेपाल संसारमै बढी आत्महत्या हुने मुलुकहरु मध्यमा पर्छ । त्यसमाथि कोरोना नियन्त्रणको नाममा भएको लकडाउनका कारण उत्पन्न भएको विषम परिस्थितिले गर्दा नेपालमा आत्महत्याको संख्या झनै बढेको छ ।

गएको ३ महिनामा मात्र १५ सय भन्दा बढी मानिसले आत्महत्या गरेको देखिन्छ । प्रहरी प्रशासनका अनुसार सबैभन्दा बढी झुण्डिएर आत्महत्या गरेको पाइएको छ ।

एक अध्ययनका अनुसार नेपालमा वर्षेनी औसत आठ हजार ६ सय ४० जना मानिसले आत्माहत्या गर्ने गरेको पाइएको छ । तर यो संख्या अझ बढी हुनसक्ने कतिपय मानसिक रोग विशेषज्ञहरुको दावी छ । नेपालमा पनि पुरुषको तुलनामा आत्माहत्या गर्ने महिलाको संख्या निकै धेरै छ । आत्महत्या गर्ने महिलालाई मात्र हेर्ने हो भने नेपाल तेस्रो स्थानमा पर्छ ।

आत्महत्या के हो ?

सामान्य अर्थमा आफैले आफ्नो हत्या गर्नुलाई आत्महत्या भनिन्छ । प्रायः मानसिक तनाव तथा पीडा थेग्न नसकेर बा“च्न भन्दा मर्न सजिलो लागेर आत्महत्या गर्छन् । तर यस किसिमको पीडा नहु“दा पनि मानिसले रिसको आवेगमा आएर आत्महत्या गरेको पनि देखिन्छ ।

कतिपय देशमा आत्महत्या तथा आत्महत्याको कोसिश सामाजिक दृष्टिमा पाप र कानुनी दृष्टिमा अपराध मानिन्छ । धार्मिक दृष्टिमा त आत्महत्या गर्ने मानिस सीधै नर्कमा जान्छन् भन्ने मान्यता छ । तर मनोवैज्ञानिक दृष्टिमा आत्महत्या एक प्रकारको मानसिक समस्या हो । यो समस्या पछिल्लो ५० वर्षको अवधिमा ६० प्रतिशतले बढेको छ । त्यसैले हिजोआज आत्महत्या मृत्युको एक प्रमुख कारण बन्दै गएको छ ।

आत्महत्याको कारण

महान् सामाजशास्त्री दुर्खाइमले आत्महत्याको समाजिक सिद्धान्त प्रतिपादन गरेका छन्, जुन सिद्धान्त चर्चित छ । यस्तैगरी अर्का समाजशास्त्री हेन्डिनले आत्महत्याका बारेमा छुट्टै सिद्धान्त विकास गरेका छन् । तर यहा“ उल्लेखनीय कुरा के भने आत्महत्या केवल सामाजिक कारणले मात्र हुने गर्दैन । आत्महत्यामा सामाजिक कारणका साथसाथै मनोवैज्ञानिक तथा शारीरिक कारणको पनि उत्तिकै ठूलो भूमिका रहन्छ ।

वास्तवमा आत्महत्या एक जटिक सामाजिक, मनोवैज्ञानिक तथा जैविक कारणको उपज हो । त्यसैले आत्महत्याका विविध कारणहरू हुन सक्दछन् । तर आत्महत्याको कोशिश गर्ने तथा आत्महत्या गर्ने ९० प्रतिशत मानिस कुनै न कुनै मानसिक समस्याबाट पीडित भएका हुन्छन् । तर सबै मानसिक समस्याहरूले आत्महत्या तथा आत्मक्षति गर्छन भन्ने छैन ।

‘निचोडमा समान्यतया मानिसलाई मर्न निकै डर लाग्छ, तर कुनै कारणले गर्दा तनाव तथा पीडा बढेर मानिसलाई बाँच्न भन्दा मर्न सजिलो हुन्छ, तब मानिसले आत्महत्या गर्छ’

१५ देखि २० प्रतिशत डिप्रेसन पीडितहरूले आत्महत्याको प्रयास गर्छन् । मानिसले डिप्रेसनका साथै दुश्चिंता, व्यक्तित्व विकार तथा सिजोफ्रेनिया आदि जस्ता मानसिक समस्याको कारणले पनि आत्महत्या गर्छन् । प्रायः मानिसलाई डिप्रेस्ड बनाउने निम्नलिखित सामाजिक तथा मनोवैज्ञानिक कारणहरूले गर्दा मानिसले आत्महत्या गर्न सक्दछन् ।

आत्महत्याका खास कारण

० गम्भिर तथा पीडादायक शारीरिक रोगहरू जस्तैः क्यान्सर तथा एड्स आदि ।
० परीक्षामा असफलता ।
० प्रेममा विछोड तथा असफलता ।
० कष्टदायक वैवाहिक जीवन ।
० अवैध गर्भ ।
० व्यापार–व्यावसयामा घाटा तथा क्षति । धेरै ऋण । ० सामाजिक अपमान तथा बहिस्कार ।
० आत्मसम्मानमा ठेस, जस्तैः झुटो आरोप, उपेक्षा, लाञ्क्षना, जागिरबाट बर्खास्ती, अरुको सामु बेइज्जती आदि ।
० प्रियजन तथा आफन्तको मृत्यु ।
० मानसिक अन्तद्र्धन्द्ध ।
० मद्यपान तथा दुव्र्यसन ।
० पारपाचुके तथा आपसी सम्बन्धमा तनाब तथा कुटता ।
० यौन समस्या ।
० दाइजो सम्बन्धि समस्या ।
० घरेलू हिंसा तथा पारिवारिक कलह ।
० वेरोजगारी तथा आर्थिक समस्या ।
० बलत्कारको पीडा ।
० आत्महत्याको पारिवारिक इतिहास आदि ।

जैविकदृष्टिमा हेर्ने हो भने आत्महत्या गर्ने मानिसको मस्तिष्कमा सेरेटोनीन आदि स्नायुरसायनहरूको कमी हुन्छ । यस्ता रसायनहरूको कमी भयो भने मानिसलाई संवेदना नियन्त्रण गर्न कठीन पर्छ र उनीहरूमा आक्रमक तथा विध्वंसक आचारण बढ्छ । जसले गर्दा मानिस आत्महत्या गर्न पुग्छन् । वंशाणुगत कारणले पनि मानिसले आत्महत्या गर्छन् ।

निचोडमा समान्यतया मानिसलाई मर्न निकै डर लाग्छ, तर कुनै कारणले गर्दा तनाव तथा पीडा बढेर मानिसलाई बा“च्न भन्दा मर्न सजिलो हुन्छ, तब मानिसले आत्महत्या गर्छ ।

आत्महत्या गर्ने मानिसको सोच

आत्महत्या गर्ने वा आत्महत्याको विचार गर्ने मानिसको मनमा प्रायः यस्ता विचारहरू पैदा हुने गर्छन्ः

 यो जीवन के हो र ? केही पनि होइन । खाली दुःखपीडाको भवसागर हो । यस्तो दुःखपीडा सहेर बाँच्नु भन्दा त मर्नु नै वेश छ ।
 मेरो भविष्य अँध्यारो छ । अब केही हुनेवाला छैन ।
 म किन बाँचिरहेको छु । मेरो जीवन केही कामको छैन । म बाँच्नुको कुनै अर्थ छैन । धरतीको बोझ बनेर बा“च्नुभन्दा मर्नु निको छ ।
 मेरो समस्या अब म मरे मात्र समाधान हुन्छ ।
 यो संसारमा मेरो आफ्नो भन्ने कोही रहेनछ । अब म बा“च्नु र मर्नुमा के फरक रह्यो र ?
 यस्तो तिरस्कार तथा अपहेलना सहेर बाच्नु भन्दा त मर्नु नै वेस छ ।
 यो गधाको जस्तो जिन्दगी जिउनु भन्दा त मर्नु नै ठीक छ ।
 जति मेहनत गर्दा पनि जीवनमा केही गर्न सकिनँ । मेरो कर्म नै फुटेको रहेछ । यस्तो फुटेको कर्म लिएर बाच्नु भन्दा त मर्नु नै निको ।
 मेरो यो रोग अब ठीक हुँदैन । मैले गर्दा सबैलाई दुःख भएको छ । अब म मर्नु नै ठीक छ ।

जब माथि उल्लेखित प्रकृतिका विचार व्यक्तिको मनमा लगातार आउ“छन् तब यस्ता व्यक्तिले आत्महत्या गर्ने योजना (प्लानिंग) पनि बनाउने गर्छन् । यस्ता व्यक्तिले कुनै पनि बेलामा आत्महत्या गर्न सक्दछन् ?

आत्महत्या गर्न सक्ने मानिसको प्रकृति

मनोवैज्ञानिक जाँचबाट आत्महत्याको सम्भावनाको अनुमान गर्न सकिन्छ । खासगरी निम्नलिखित प्रकृतिका मानिसले आत्महत्या गर्ने सम्भावना बढी हुने गर्छ ।

 डिप्रेसन तथा अन्य मानसिक समस्याहरूबाट पीडित व्यक्तिहरु ।
 धेरै संवेदशील तथा बिना सोचविचार निर्णय गर्ने व्यक्तिहरू ।
 मानसिक रूपमा अपरिपक्क तथा कमजोर मानिस, जो जीवनमा आउने सानोतिनो उतारचढावदेखि हायलकायल हुने गर्छन् ।
 पारपाचुके गरेका वा एकल जीवन जिउने मानिस ।
 असामाजिक व्यक्तित्व विकार तथा बर्डरलाइन व्यक्तित्व विकारका मानिस ।
 १५ देखि २४ वर्ष तथा ४५ वर्षमाथिका व्यक्ति ।
 आत्महत्याको धम्की दिने तथा पहिला आत्महत्याको कोशिश गरेका व्यक्ति ।
 अरुको ध्यान आकर्षित गरी चर्चामा आउन तथा आफ्नो कुरा लागू गर्न, आफैलाई चोट (सेल्पहार्म) पुर्याउने व्यक्ति ।

यस्ता व्यक्तिको उद्देश्य आत्महत्या गर्ने त हुँदैन, तर असावधानी र उचित उद्धारको अभावमा यस्ता व्यक्तिको मृत्यु हुन सक्दछ । समाजमा यस किसिमका आत्महत्या पनि प्रशस्त हुने गर्छन् । हिन्दी फिल्मका नायक अभिषेक बच्चन र नायिका ऐश्वर्या रायको बिबाहको बेलामा एक कनिष्ट अभिनेत्रीले आफ्नो बिबाह अभिषेक बच्चनस“ग भएको दाबी गर्दै हातको नशा काटेकी थिइन, यदि समयमै उनको उद्धार नगरेको भए उनको मृत्यु पनि हुन सक्थ्यो ।

आत्महत्याको रोकथाम

माथि भनिएझैं आमहत्या एक जटिल सामाजिक, मनोवैज्ञानिक तथा शारीरिक कारणहरूको उपज भएकाले आत्महत्याको रोकथाम त्यत्ति सरल छैन । तर, बृहत प्रयासको थालनी भएको खण्डमा निश्चितरूपमा आत्महत्या न्युनीकरण गर्न सकिन्छ । त्यसो त विकसित देशहरूमा आत्महत्या रोकथामका लागि अनेकौं प्रयास भएका छन्, प्रशस्त संघसंस्थाहरू खोलिएका छन् । यस्ता संस्थाहरूले आत्महत्या गर्न खोज्ने व्यक्तिलाई भावानात्मक सहयोग गर्नुका साथै उपयुक्त परामर्शका लागि मार्गदर्शन गर्ने कार्य गर्छन् ।

तर नेपालमा यस किसिमका संघसंस्थाहरू छैनन् भने पनि हुन्छ । भएका एकाध यस्ता संस्थाहरु पनि प्रभावकारी हुन सकेका छैनन् । त्यसैले दिनप्रतिदिन द्रुत गतिमा बढ्दै गएको आत्महत्याका घटनाहरूलाई नियन्त्रण गर्नका लागि निम्नलिखित कार्यहरू गर्न आवश्यक छ । आत्महत्यालाई केबल पाप र अपराधको कोटिमा राखेर आत्महत्या न्युनीकरण हुन सक्दैन ।

मानसिक समस्याको उपचार

मानसिक समस्या नै आत्महत्याको प्रमुख कारण हो । त्यसैले मानसिक समस्याको उचित औषधि–उपचारको व्यावस्था तथा मानसिक समस्याग्रस्त व्यक्तिहरूको उचित स्यारसुसार र रेखदेख गर्ने हो भने ९० प्रतिशत आत्महत्या स्वत् कम हुन्छ । तर नेपालमा मानसिक स्वास्थ्य सेवाबाट अधिकांश नागरिकहरू बञ्चित छन् । त्यसैले मानसिक समाधानको उपचार सर्वशुलभ उपचार उपलब्ध गराउनेतिर राज्यले ध्यान दिनु आवश्यक छ ।

राज्य व्यावस्था र सरकारी नीति

राज्यमा उचित शान्ति सुरक्षाको व्यावस्था, निष्पक्ष न्यायप्रणाली, विभेधपूर्ण शासनको अन्त्य तथा समाजिक न्याय भएको खण्डमा पनि आत्महत्याका घटनाहरूमा कमी आउँछ । तर शासन सत्तामा बस्नेहरूले बह्मलुट गर्ने तर किसानले समयमा मल समेत पाउन नसक्ने, गरीबले बिरामी पर्दा सिटामोल समेत खाना नपाउने स्थिति रह्यो भने आत्महत्याको घटना यसरी नै बढ्दै रहने छन् ।

विशेष रेखदेख

तीब्र आर्थिक समस्याले पिरोलिएका व्यक्ति, परीक्षामा असफल भएका विद्यार्थी, अन्यायपूर्ण तरिकाले नोकरीबाट बर्खास्त परेका व्यक्ति, अतिप्रियजनको आकस्मिक निधनद्वारा दुःखीत मानिस, बाढीपहिरो तथा अहिलेका लकडाउनका कारण आर्थिक रुपमा पिरोलिएका व्यक्ति आदिलाई तुरुन्त उपयुक्त परामर्श तथा सहायताको आवश्यक पर्छ ।

त्यसैले यस्ता व्यक्तिहरूको विशेष रेखदेख गर्नुपर्छ । आत्महत्या गर्दा प्रयोग गरिने सामाग्री तथा लागू पदार्थहरूको नियन्त्रण गर्ने हो भने पनि आत्महत्याको रोकथाममा टेवा पुग्दछ ।

परीक्षा अनुत्तीर्ण भएका विद्यार्थीलाई अभिभावकले राम्रोस“ग सम्झाएर–बुझाएर अगाडिको बाटो देखाउन सहयोग गर्नुपर्छ । यस्ता विद्यार्थीलाई अरुसँग तुलना गरेर गाली गर्ने तथा पिट्ने गर्नु हु“दैन । यसप्रति अभिभावक सचेत हुनुपर्छ । यदि आफ्ना छोरा–छोरी परीक्षामा अनुत्तीर्ण भएर धेरै दिनसम्म उदास निराश भएका छन् भने तुरुन्त विशेषज्ञलाई भेट्नु उचित हुन्छ ।

पारीवारिक दायित्व

आत्महत्याको मुल कारण मानसिक समस्या हो । मानसिक समस्या विभिन्न कारणहरुले पैदा हुने गर्छन् । कतिपय यस्ता समस्याहरु गलत पारिवारिक तथा समाजिक वातावरण तथा गलत जीवनशैलीद्वारा उत्पन्न हुने गर्छन । त्यसैले शुरुदेखि नै बालबालिकाको उचित देखाभाल गर्ने तथा उनीहरुको आहारबिहार ठीक राख्ने हो भने बालबालिका शारीरिक तथा मानसिक रुपमा स्वस्थ र मजबुत हुन्छन् । यस्ता मानिसहरुमा तनाब थेग्न सक्ने समाथ्र्य पनि बढी हुन्छ । जसले गर्दा यस्ता मानिसहरुले आत्महत्या गर्ने संभावना पनि कम हुन्छ ।

शैक्षिक तथा जागरण कार्यक्रम

आत्महत्याका घटनाहरू रोकथाम तथा न्युनीकरण गर्न शैक्षिक तथा जागरण कार्यक्रमहरूको ठूलो भूमिका हुन्छ । त्यसैले आत्महत्या न्युनीकरणका लागि ठाउँ–ठाउँमा आत्महत्या रोकथाम केन्द्रको स्थापना गर्न आवश्यक छ ।

उपचारको व्यावस्था

प्रत्येक आत्महत्या गर्ने व्यक्तिले आत्महत्या गर्नु भन्दा पहिला प्रत्यक्ष परोक्षरूपमा आत्महत्याका केही पूर्वसंकेत प्रदर्शित गर्छन् । वास्तवमा यस्ता संकेतहरू सहायताका लागि पुकार हो । त्यसैले यस्ता संकेतहरू बुझेर समयमै उसलाई उचित परामर्श तथा सहयोग गरेको खण्डमा निश्चय पनि उसलाई बचाउन सकिन्छ । देशका ठाउँठाउँमा हेल्पलाइनहरु संचालन गरेको खण्डमा मानसिक समस्या र आत्महत्या न्युनिकरणमा ठूलो टेवा पुग्ने छ ।

(लेखक साइकोथेरापिष्ट हुन् ।)