बालिका करणी प्रयासको आरोपमा एक जना पकाउ

रोल्पा । नाबालिकालाई करणी प्रयासको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । त्रिवेणी गाउँपालिका ७ का ३८ वर्षीय पुरुष छिमेकी नाबालिकालाई करणी प्रयास गरेको आरोपमा पक्राउ परेका हुन् ।

उनीविरुद्ध नाबालिकाका आफन्तले गत जेठ ३२ गते प्रहरीमा जाहेरी दिएका थिए । त्यसपछि उनलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रोल्पाको सूचना शाखाले जनाएको छ ।

प्रहरीका अनुसार पीडित नाबालिकाको स्वास्थ्य परीक्षण गराइसकिएको र रिपोर्ट आउन बाँकी छ । नाबालिकाको अवस्था अहिले सामान्य रहेको जनाइएको छ ।