कारोना सतर्कताः अत्तरिया बजार बन्द

कैलाली । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि कैलालीको अत्तरिया बजार बन्द गरिएको छ । अत्यावश्यक सेवा वाहेकका सबै पसल तथा व्यवसाय बन्द गरिएको छ ।

गोदावरी नगरपालिकाको आग्रह र उद्योग वाणिज्य संघको सहमतिमा अर्को सूचना जारी नहुँदासम्म बजार पूर्णरुपमा बन्द गरिएको संघका अध्यक्ष अशोक देवकोटाले बताए ।

सो नगरपालिका गत जेठ २४ गते पहिलो पटक एकजनामा कोरोना सङ्क्रमण पुष्टि भएको र ३२ गते गोदावरी–१ का ४६ वर्षीय पुरुषको कोरानाबाट मृत्यु भएको थियो । सो नगरपालिकामा हालसम्म नौ जनामा कोरोना पुष्टि भइसकेको छ ।