मानो रोपेर मुरी फलाउँदै किसान

यतिबेला विश्व नै कोरोना भाइरस संक्रमणको महामारीमा छ । त्यसको प्रत्यक्ष मात्र होइन गहिरो प्रभाव अब नेपालमा पनि परिसकेको छ । देश तीन महिनादेखि लकडाउनको अवस्थामा छ । केही जिल्लाबाहेक अधिकांस जिल्लामा लकडाउन खुकुलो भए पनि संक्रमण भने झन बढ्दै गएको छ । यद्यपि राज्यले यथेष्ट व्यवस्था गर्न नसक्नु, पूर्व तयारीमा कमजोरी र जनतालाई राहतको महसुस गराउन सकेको छैन ।

कोरोनाको त्रास भए पनि हातमुख जोर्ने जाहो भने नगरि भएको छैन । अधिकांश किसान कृषिमा निर्भर मात्र होइन नेपाल आज पनि कृषिप्रधान देशका रुपमा चित्रित छ ।

यो समय भनेको मानो रोपेर मुरी फलाउने हो । असार लागि सेकेको छ । त्यसैले जनताहरु कोरोना त्रासका बीचमा पनि सक्दो सजगता अपनाएर खेत खेतमा निस्किएका छन । तराइँका फाँटमा किसानहरुलाई वर्षेबाली धान रोप्ने चटारो छ । कैलालीको बनबेहडा, मसुरियालगायतका क्षेत्रमा धान रोप्दै किसानहरु ।

फोटो फिचरः