कारोनाका कारण विदेशमा १३० नेपालीको ज्यान गयो

काठमाडौं । हालसम्म कोरोना भाइरस संक्रमणका कारण विदेशमा एक सय ३० नेपालीको ज्यान गएको छ । यो साता मात्रै कोरोना संक्रमणका कारण विदेशमा तीन नेपालीको ज्यान गएको हो ।

यो साता ज्यान गुमाउने सबै नेपाली कतारमा रहेको गैरआवासीय नेपाली संघ (एनआरएन)ले जनाएको छ । योसँगै विदेशमा ज्यान गुमाउने नेपालीको संख्या १३० पुगेको एनआरएनले जनाएको छ ।