विश्वमा कोरोना संक्रमित संख्या ९० लाख नाघ्यो

काठमाडौं । विश्वभर कोरोना संक्रमित संख्या ९० लाख लाघेको छ । पछिल्लो तथ्याङ्क अनुसार ९० लाख ५० हजार संक्रमित पुगेको बताइएको छ ।

यस्तै, मृत्यु हुनेको संख्या पनि ४ लाख ७० हजार ७९२ पुगेको छ । हालसम्म ४८ लाख ४१ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् ।

अमेरिकामा कोरोना भाइरसबाट हालसम्म १ लाख २२ हजार २४७ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या २३ लाख ५६ हजार ६५७ पुगेको छ ।

अमेरिकामा ९ लाख ८० हजार ३५५ जना उपचार गरेर निको भएका छन् । ब्राजिलमा हालसम्म १० लाख ८६ हजार ९९० जना संक्रमित हुँदा ५० हजार ६५९ जनाको मृत्यु भएको छ ।

रुसमा ५ लाख ८४ हजार ६८० संक्रमित हुँदा ८ हजार १११ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म ४ लाख २६ हजार ९९० संक्रमित हुँदा १३ हजार ७०३ जनाको मृत्यु भएको छ ।

बेलायतमा हालसम्म ४२ हजार ६३२ जनाको मृत्यु भएको छ भने ३ लाख ४ हजार ३३१ जना संक्रमित रहेका छन् । स्पेनमा संक्रमितको संख्या २ लाख ९३ हजार ३५२ पुगेको छ भने २८ हजार ३२३ जनाको मृत्यु भएको छ ।

पेरुमा २ लाख ५४ हजार ९३६ जना संक्रमित हुँदा ८ हजार ४५ जनाको मृत्यु भएको छ । यता, इटालीमा संक्रमितको संख्या २ लाख ४२ हजार ३५५ पुग्दा ३४ हजार ६३४ जनाको मृत्यु भएको छ ।

चिलीमा २ लाख ४२ हजार ३५५ संक्रमित हुँदा ४ हजार ४७९ जनको मृत्यु भएको छ । इरानमा २ लाख ४ हजार ९५२ जना संक्रमित हँदा ९ हजार ६२३ जनाको मृत्यु भएको छ । जर्मनीमा १ लाख ९१ हजार ५७५ जना संक्रमित हुँदा ८ हजार ९६२ जनाको मृत्यु भएको छ । टर्कीमा १ लाख ८७ हजार ६८५ संक्रमित हुँदा ४ हजार ९५० को ज्यान गएको छ ।

पाकिस्तानमा १ लाख ८१ हजार ८८ संक्रमित हुँदा ३ हजार ५९० जनाको ज्यान गएको छ । मेक्सिकोमा १ लाख ८० हजार ५४५ जना संक्रमित हुँदा २१ हजार ८२५ को मृत्यु भएको छ । फ्रान्समा संक्रमित १ लाख ६० हजार ३७७ हुँदा २९ हजार ६४० जनाको मृत्यु भएको छ । बंगलादेशमा हालसम्म १ लाख १२ हजार ३०६ संक्रमित हुँदा १ हजार ४६४ को मृत्यु भएको छ ।

चीनमा पछिल्लो २६ घण्टामा १८ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८३ हजार ३९६ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । जापानमा १७ हजार ८६४ जना संक्रमित हुँदा ९५३ जनाको ज्यान गएको छ ।

नेपालमा भने अहिलेसम्म ९ हजार २६ जना संक्रमति फेला पर्दा १ हजार ७७२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । २३ जनाको भने मृत्यु भएको छ ।