निसर्गले गर्यो अण्डाशयको जटिल शल्यक्रिया

धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालीले अण्डासयको सफल शल्यक्रिया गरेको छ।

बेलौरी नगरपालीका-४ रिछाकी ४५ वर्षीया अनारकली रानाको बाया पट्टीको ओभरियल म्यूसिनस सिस्ट अण्डासयमा १० लिटर तरलपदार्थ भरिएको थियो।

उनी जटिल अवस्थामा अस्पताल पुगेकी थिइन्। अत्यन्त जोखिम मोलेर अप्रेसन सफल पारिएको अस्पतालले जनाएको छ।

उपचारका लागि भारतको खटीमासम्म पुगेकी रानाको जटिल केश भएको भन्दै उपचार गर्न नमानेपछि घर फर्काएर ल्याएको उनका श्रीमान ईन्दर रानाले बताए। भारतमासम्म उपचार हुन नसकेको समस्या घर नजिकै समाधान हुँदा खुशी लागेको उनले बताए।

रानाको अवस्था सामान्य रहेको अस्पतालका अध्यक्ष तिर्थ पन्तले जानकारी दिए। निसर्ग अस्पतालका स्त्रीरोग विशेषज्ञ डाक्टर नजमुस्सबा अन्सारी, एनेस्थेसियोलोजिस्ट डा. हेमन्त ओझालगाएतको टिमले रानाको सफल सल्यक्रिया गरेको हो।