भारतमा एकै दिन करिब १६ हजार संक्रमित, हालसम्म करिब साढे १४ हजारको मृत्यु, निको हुनेको संख्या २ लाख ५८ हजारभन्दा बढी

एजेन्सी । भारतमा एकै दिन करिब १६ हजार मानिसमा कोरोना भाइरस संक्रमण भएको छ । भारतीय केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार गएको २४ घन्टामा १५ हजार नौ सय ६८ जना संक्रमित पुष्टि भएको हो ।

२४ घन्टामा भारतमा कारोनाका कारण चार सय ६५ जनाको ज्यान गएको छ । योसँगै भारतमा आजसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ हजार चार सय ७६ पुगेको छ ।

हालसम्म भारतमा चार लाख ५६ हजार एक सय ८३ जना संक्रमित भएका छन । तींमध्य दुई लाख ५८ हजार ६ य ८५ निको भएर घर फर्किएका छन भने एक लाख ८३ हजार २२ जनाको उपचार जारी छ ।

अर्थतन्त्रलाई मध्यनजर गरेर भारतमा लकडाउन भने खुकुलो बनाइएको छ । जसका कारण संक्रमण फैलिन थप मद्दत पुगेको हो कि भन्ने अनुमान विज्ञहरुले गरेका छन ।