गायक थापाको राष्टिय गीत ‘हामी कमजोर हैनौँ’ सार्वजनिक

काठमाडौं । गायक सुरजकुमार थापाको

‘हामी कमजोर होइनौ केले यो हाल गरायो ?
यो शान्तिको फूलबारी आँधी कताबाट आयो ?’

बोलको गीत हालै बजारमा आएको छ । आफ्नै अफिसियल युटुब च्यानलमार्फत राष्ट्रप्रेम र चिन्तले भरिएको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । गीतकार तथा संगीतकार विश्वनाथ प्रेम (बराल)को शब्द तथा संगीतमा तयार पारिएको गतिमा संगीत संयोजन नोर्बु छिरिङको रहेको छ । म्युजिक भिडियोलाई सुरेश मानन्धरले छायांकन गरेका हुन ।

सन्तोष बस्नेतको पटकथा तथा शिबु श्रेष्ठको परिकल्पना, सम्पादन र निर्देशनमा तयार गरिएको गीतमा राष्टप्रेमको भाव र देशप्रतिको चिन्तनलाई सशक्त रूपमा व्यक्त गरिएको छ ।

गीतको भिडियो राष्ट्रप्रेमी नेपालीको मन छुने विश्वास गीतकार संगीतकार विश्वनाथ प्रेम तथा गायक सुरज कुमारको छ ।