धनगढी उपमहानगरको बजेट एक अर्ब करिब ६४ करोड

धनगढी । धनगढी उपमहानगरपालिकाले आगामी वर्षका लागि एक अर्ब ६३ करोड ८२ लाख बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । आज बसेको पाँचौँ नगरसभाले उपमहानगरपालिकाले ल्याएको नीति, कार्यक्रम तथा बजेट पारित गरेको हो ।

उपमहानगरपालिकाकी उपप्रमुख सुशीला मिश्र भट्टले आर्थिक वर्ष २०७७÷७८ का लागि एक अर्ब ६३ करोड ८२ लाख बराबरको अनुमानित बजेट तथा नीति कार्यक्रम नगरसभामा प्रस्तुत गरेकी हुन । बजेटअनुसार चालू खर्चतर्फ ८५ करोड र पुँजीगत खर्चतर्फ ७८ करोड ८२ लाख रहेको छ ।

बजेटमा आयतर्फ आन्तरिक आय १९ करोड ९९ लाख ७३ हजार ६ सय ६०, वित्तिय समानीकरण २९ करोड दुई लाख, राजस्व बाँडफाँटबाट १८ करोड ४० लाख, सशर्त अनुदान ५० करोड २६ लाख, प्रदेश सरकार समपूरक कोष अनुदान दुई करोड ५० लाख, प्रदेश सरकार विशेष अनुदान एक करोड १४ लाख र अन्य आय ४२ करोड ५० लाख २६ हजार तीन सय ४० उल्लेख गरिएको छ ।

नगरसभामा एक अर्ब ४८ करोड चार लाख ४८ हजारको बजेट पेश गरिएको छ । जसमध्ये चालूतर्फ ७६ करोड ३६ लाख ४२ हजार एक सय ६६ रुपैयाँ ३८ पैसा रहेको छ भने पुँजीगततर्फ ८१ करोड, ६८ लाख पाँच हजार आठ सय ३३ रुपैयाँ ६२ पैसा छ । नगरसभामा पेश भएको बजेट नीति तथा कार्यक्रममाथि नगरसभा सदस्यले छलफल गरेका थिए ।

छलफलका क्रममा नगर प्रमुख नृपबहादुर वडले नगरसभा सदस्यबाट आएका सुझावलाई अंगीकार गरिने बताए । ुनगरसभा सदस्यलाई लेखेर पनि सुझाव दिन भनेका छौँु, प्रमुख वडले भने, ुआएका सुझावलाई समेट्नेछौँ ।ु