नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं । कोरोना संक्रमणको कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार स्याङ्जा सिरुवारीका ५५ वर्षीय कोरोना संक्रमित पुरुषको गए राति मृत्यु भएको हो ।

ति पुरुप पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिामाञ्चल क्षेत्रीय अस्पतालको आइसियुमा उपचार गराइरहेका थिए ।

उनी असार ८ गते उपचारका लागि पश्चिामाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना भएका थिए ।

योसँगै नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ ।

death corona 20200625013024