चितवन जिल्ला समन्वय समितिले लकडाउन अवधिको भाडा नलिने

चितवन । जिल्ला समन्वय समिति चितवनले लकडाउन अवधिको भाडा नलिने भएको छ । भाडामा लगाएका व्यावसायिक सटर एवं घरको भाडा नलिने समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले बताए । उनले वैशाख, जेठ र असार महिनाको भाडा नलिने बताएका हुन ।

डल्लाकोटीले चैत महिनाको ११ गतेसम्म सञ्चालनमा आएकाले सो महिनाको भाडा तिर्न लगाउने र तीन महिनाको छुट गरिदिने तयारी गरेको जानकारी दिएका छन । जिल्ला समन्वय समितिको व्यावसायिक सटर र घरबाट मासिक तीन लाख ९० हजार संकलन हुने गर्दछ ।

डल्लाकोटीले भने, ‘सरकारले लकडाउन गर्ने हामीले कसरी भाडा लिने ?’ भन्दै उनले व्यवसाय नभएकासँग सरकारी निकायले भाडा लिनु न्यायिक नहुने बताए । यसलाई समितिले छिट्टै निर्णय गर्ने डल्लाकोटीको भनाइ छ ।