हत्याहिंसाको ‘भाइरस’

देशमा एकपछि अर्को हिंसाका घटना बढिरहेका छन, किन बढ्दैछन त हिंसाको आयतन ?

-ब्रेन बाइट्स-

० ओम बानियाँ

रुकुमको चौरजारीमा ६ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डको रगत नसुक्दै रुपन्देही तिलोत्तमा नगरपालिकाको मैनहवास्थिति गंगादेवि पशु फर्ममा ५ जना कामदारको बिभत्स हत्या भयो । हत्या गर्ने सोही फर्ममा काम गर्ने झपेन्द्र सिंजाली बताइएको छ ।

यस घट्नाको अर्को दिन फेरि रुपन्देहीकै कंचन गाउ“पालिकाका रिमबहादुर कुमालले छतमा सुतिरहेका १५ वर्षीय आफ्नै छोराको घा“टी, मुख र टाउकोमा बन्चरोले हानेर हत्या गरे भने बुटवलमा ८ वर्षको विरामी छोरालाई आफ्नै बाबुले मारेर गाडेको आरोप छ । यसरी केही वर्षयता हत्याहिंसाका यस्ता जघन्य घट्ना निकै बढेका छन् ।

किन यसरी बढेका छन् ? हत्याहिंसाजस्ता जघन्य अपराधहरु ? यसको राजनीतिक, समाजिक, परिवारिक, जैविक तथा मनोवैज्ञानिक कारणहरु के के हुन सक्छन् ? हत्याहिंसाका यस्ता घट्नाहरु न्युनिकरण गर्न कारणको गहिराइमा पुग्न नितान्त आवश्यक छ ।

हिंसा के हो ? यस प्रश्नसँगै हत्याहिंसाको कारण खोज्ने प्रयास गरौं । हिंसाको शाव्दिक अर्थ हुन्छ, अर्काको ज्यान लिने वा काटमार गर्ने काम । यसर्थ कुनै पनि प्राणीको हत्या गर्नु नै हिंसा हो । तर हिंसाको अर्थ यति साँगुरो भने छैन । अरुलाई पीडा–कष्ट–हानी आदि पु¥याउने काम पनि हिंसा नै हो ।

‘हिंसाको भावना मनमा उत्पन्न हुनु नै हिंसा हो । त्यो किन भने हत्या तब हुन्छ, जब मनमा हिंसाभाव पैदा हुन्छ । अतः मनमा असन्तोष, कुण्ठा, संर्घष, तनाव, वेचैनी तथा अन्तद्र्वन्द्व उत्पन्न हुनु भनेको पनि मानसिक रूपमा भित्रभित्र कुनै न कुनै हिंसा गर्नु हो । क्रोध दबाउनु, मनमा कसैप्रति विरोध वा प्रतिरोधको भावना उब्जनु पनि हिंसा हो’

वास्तवमा हिंसाको भावना मनमा उत्पन्न हुनु नै हिंसा हो । त्यो किन भने हत्या तब हुन्छ, जब मनमा हिंसाभाव पैदा हुन्छ । अतः मनमा असन्तोष, कुण्ठा, संर्घष, तनाव, वेचैनी तथा अन्तद्र्वन्द्व उत्पन्न हुनु भनेको पनि मानसिक रूपमा भित्रभित्र कुनै न कुनै हिंसा गर्नु हो । क्रोध दबाउनु, मनमा कसैप्रति विरोध वा प्रतिरोधको भावना उब्जनु पनि हिंसा हो ।

अतः प्राणीहरूको बध वा हत्या गर्ने अथवा शारीरिक आक्रमण गरेर प्राणीलाई अंगभंग पार्ने तथा पीडा पुर्याउने कामलाई शारीरिक वा भौतिक हिंसा भनिन्छ । प्राणीहरूलाई कुट्छु–पिट्छु मार्छु भनेर डर–धम्की दिने, गाली–गलोज गर्ने, दुर्वाच्य तथा बोलीले अरूलाई पीडा–कष्ट दिने कामलाई वाचिक वा शाब्दिक हिंसा भनिन्छ ।

त्यसैगरि मनमनै गरिने हत्याको विचार, अंगभंग पार्ने सकल्प तथा मनमा कसैप्रति विरोध वा प्रतिरोधको भावना उब्जनुलाई मानसिक वा भाविक हिंसा भनिन्छ ।

मनोवैज्ञानिकहरूको भनाइ छ कि मानिसले हिंसाको भावना जन्मदेखि नै लिएर आउँछ । आमाको काखमा जब नवजात शिशुलाई भोकले सताउँछ, तब ऊ आमाको स्तनतिर लपक्क लप्किन्छ । तर, आमाले अनिच्छा जाहेर गरेमा उसले स्तनमा हान्छ, हात–खुट्टा झट्काउँछ । यही“बाट नै मानिसको मनमस्तिष्कमा क्रोध तथा हिंसाको भावना फैलिंदै जान्छ, झागिंदै जान्छ ।

मनोवैज्ञानिकका अनुसार हिंसा फौलिनुका पछाडि मुख्यतयाः तीन कारणहरू छन्–
क मनोसामाजिक कारण
ख रासायनिक कारण
ग र आनुवांशिक कारण अर्थात् जन्मजात आमाबाबुबाट आउने गुण ।

मनोवैज्ञानिकको मान्यता छ, उपर्युक्त एक वा दुई वा तीनै कारणबाट नै हिंसाको जन्म हुने गर्दछ । यसको प्रभाव कहिले प्रारम्भिक स्थितिमा नै दब्छ त कहिले यसले उग्ररूप धारण गर्दछ । तब सानातिना कुराहरूमा नै मानिसले हत्या जस्ता जघन्य अपराधहरू गर्दछ ।

सामाजिक रूपमा हिंसा तेरो मेरो भावानाबाट जन्मिने गर्दछ । तरो मेरोको झगडा मिल्यो भने त ठीकै भयो । तर झगडा मिलेन भने घर, समाज, राज्य, देश तथा विश्वमा नै हिंसा फैलिन सक्दछ ।

त्यसो त पुरुष प्रधान समाजमा मूलतः पुरुषलाई नै हिंसाको कारक मानिन्छ । त्यो किनभने तुलनात्मक रुपमा पुरुष ताकतवर हुन्छ, समर्थ हुन्छ, त्यसैले आफू भन्दा निर्धोेलाई दबाउन ऊ कहिल्यै पछि पर्दैन । त्यसैले परिवारमा जब पतिको हिंसा पत्नीमाथि हावी हुन्छ, तब पत्नी मात्र होइन कि सम्पूर्ण परिवार नै भय र सन्त्रासको चपेटामा पर्दछ ।

तर अचम्मको कुरा के भने यहि स्थिति त्यहाँ पनि पैदा हुन्छ, जहाँ पत्नी पतिमाथि हावी हुन्छे । तब पतिलाई आफ्नो इज्जत, परिस्थितिहरू तथा गृहस्थी चलाउनका लागि पत्नीको कर्कश व्यवहार सहनुपर्दछ । तर एक स्थिति यस्तो पनि आउँछ, जब धैर्यताको बाँध फुट्दछ र कुरा हिंसामा आउँछ । यहीँ नै तनाव, कुण्ठा, हिंसा, भय र सन्त्रास आदि जस्ता रोगहरूले जन्म लिन्छन् ।

मनोवैज्ञानिक समस्याहरुका कारण पनि हत्याहिंसाका घट्ना घट्ने गर्छन् । रुपन्देहीको मैनहवास्थित गंगादेवि पशु फर्ममा ५ जना कामदारको बिभत्स हत्याका ओरोपित झपेन्द्र सिंजाली पनि मानसिक सन्तुलन गुमाएका व्यक्ति भएको स्थानियको भनाइ छ ।

‘हत्याहिंसा बढ्नुमा राजनीति पनि त्यत्तिकै दोषी देखिन्छ । नेपालमा दण्डहीनताका कारण पनि हत्याहिंसा फैलिएको छ । राजनीतिक पार्टीहरुले हत्याराहरुलाई राजनीतिक संरक्षण दिने, डनहरुलाई साँढे झैँ पाल्ने तथा आफ्ना कार्यकर्तालाई विरोधीको खुट्टा भाँच्न उस्काउने जस्ता अपराधिक गतिविधिले गर्दा हत्याहिंसालाई झन् बढावा मिलेको छ’

हत्याहिंसा बढ्नुमा राजनीति पनि त्यत्तिकै दोषी देखिन्छ । नेपालमा दण्डहीनताका कारण पनि हत्याहिंसा फैलिएको छ । राजनीतिक पार्टीहरुले हत्याराहरुलाई राजनीतिक संरक्षण दिने, डनहरुलाई साँढे झैँ पाल्ने तथा आफ्ना कार्यकर्तालाई विरोधीको खुट्टा भाँच्न उस्काउने जस्ता अपराधिक गतिविधिले गर्दा हत्याहिंसालाई झन् बढावा मिलेको छ ।

दण्डहीनता यसरी मौलाउनुमा दोष नागरिकको पनि छ । अधिकांश आमनागरिकले अपराधीलाई सजाए दिलाउन त चाहन्छन्, यदि ऊ आफन्त वा आफ्नो पक्षको नभए मात्र । एकपटक कल्पना गर्नुहोस् त, सकडमा हत्यारा वा बलात्कारीलाई फासी दे भन्दै नारा लगाउनेहरु मध्य कति जना के उनका आफन्त वा पक्षका मानिसले यस्तै अपराध गरेको खण्डमा यसरी नै पीडित पक्षलाई न्याय दिलाउनका लागि आवाज बुलन्द गर्छन् ? वा आफन्तको अपराध छुपाउने कार्यमा सहयोग गर्छन् ?

नेपालमा घरेलू हिंसा पनि बढ्दो छ । आर्थिक समस्या, घरेलू झैंझगडा तथा मद्यपान आदि यसका प्रमुख कारण हुन् । खासगरी निम्नवर्गीय परिवारमा मद्यपानका कारण नै प्रशस्त घरेलू हिंसा हुने गर्छन् ।

रुपन्देहीका ४० वर्षीय विनोद (नाम परिवर्तन) एक मजदुर हुन् । उनको परिवारमा उनकी पत्नी र ४ सन्तान छन् । उनले मजदुरी गर्छन् । र, सा“झ टन्न रक्सी पिउ“छन् । रक्सी पिएपछि अनावश्यक र तथ्यहीन निहुँ झिकेर पत्नीस“ग झगडा गर्छन् । कुटपटिमा उर्तिन्छन् । केही महिना अगाडि उनले नभएको निहूँ झिकेर पत्निको टाउको फुटाएका थिए । उनको यस्तो व्यवहारले उनका छोराछोरीहरुले समेत निकै कष्टपूर्ण जीवन जिउनु परेको छ । त्यसैले उनको १२ वर्षको जेठो छोरो कामको खोजीमा लखनऊ पुगेका छन् ।

नेशनल इष्टिच्युट अफ हेल्थका वैज्ञानिकहरूले हतियारलाई हिंसाको भाइरस भनेका छन् । हतियार र हिंसाको सम्बन्ध गरिएका अनेकौ अध्ययनबाट यहाँका वैज्ञानिकहरू यो निश्कर्षमा पुगेका हुन् । उनीहरूको दावी छ कि यदि समाजमा हतियारको संख्यालाई नियन्त्रण गर्ने हो भने हिंसाको घटना तथा काटमारमा ठूलो कमी आउँछ । तर बिडम्बनाको कुरा के भने हिजोआज संसारमा हतियार केवल विद्रोही, आतंकवादी तथा अपराधीहरूस“ग मात्र छैन कि आम नागरिकसँग पनि छ्यापछ्याप्ती साना–ठूला हतियार छन् ।

यस्ता हतियार लाइसेन्स बीना नै राख्ने र प्रयोगमा ल्याउने गरिन्छ । त्यसैले हिंसाको भाइरस फैलाउने हतियार जति–जति विश्वभरि फैलिँदै छ, त्यति–त्यति नै हिंसाले डरलाग्दो स्वरूप धारण गर्दै छ ।

वास्तवमा हतियारको होडबाजी र तेरो मेरो भावनाका कारण नै संसारमा हिंसा ज्यादै डरलाग्दो रूपमा फैलिएको छ । त्यसैले हिंसाको महामारीलाई नियन्त्रण गर्न हरेक देशका सरकारहरूले ढिलो नगरी ठोस कदम चाल्नुपर्दछ ।

तर सरकारी प्रयास मात्र काफी छैन, हामी सबैले हिंसा रोगको नियन्त्रणमा आफ्नो क्षेत्रबाट सक्दो प्रयास गर्नुपर्दछ, होस्टेमा हैसे थप्नुपर्दछ, हिंसालाई ग्ल्यामर दिने, यसैको मद्दतबाट नै आफ्नो समस्या सुल्झाउन खोज्ने मूर्खता त्याग्दै हतियारको राजनीतिबाट देशलाई सधैँ मुक्त राख्नुपर्दछ । नत्र विश्वव्यापीरुपमा फैलिदै गएको हत्याहिंसा महामारीबाट कोही पनि सुरक्षित हुनेवाला छैनन् ।

(लेखक साइकोथेरापिष्ट हन् ।)