भीमको संगीतमा रबी वडको युवा जगाउने गीत

काठमाडौं । पछिल्लो समय नेपाली संगीतमा एकपछि अर्को चर्चित गीतमा संगीत दिन सफल भीम बिसीको संगीतमा नयाँ राष्ट्रिय भावको गीत बजारमा आएको छ । गत वर्षका नेपाल आइडल रबी वडले स्वरवद्ध गरेको गीतमा भनिएको छः

लौ उठ युवा हो, लौ जाग युवा हो
देशका लागि अब, केही गर्नु छ
यही देशमा जन्मियौँ, यही देशमा हुर्कियौँ
यही माटोको लागि ,अब मर्नु छ
मेची नि हाम्रै हो, काली नि हाम्रै हो
बिरताको गाथा कोर्ने, नेपाल हाम्रै हो
लौ उठ युवा हो….

संगीत र स्वरको बेजोड तालमेल रहेको गीतले युवामा राष्ट्रियताको भाव सञ्चार गराउँछ । रामकृष्ण महराको शब्दलाई उदयराज पौडेलले न्यायिक एरेन्ज गरेका छन ।

निशान एसकेले गीतको भिडियो सम्पादन गरेका छन । गीतका शब्दअनुसार विभिन्न भिडियो क्लिपलाई जोडर बनाइएको गीतका शब्दले युवाहरुलाई जुरुक्क उचाल्न खोज्छ । श्यामकृष्ण नेपाली प्रोड्युसर रहेको गीतका थप शब्दमा भनिएको छः

भोजपुरे खुकुरी उधाउने बेला भो
सँधेरीले हामीलाई, बाटो छेक्दैछ
कमजोर त छैनौँ नि, नामर्द होइनौ नि
बीर भन्ने जान्दा जान्दै, किन हेप्दैछ ?
सब नेता एक हौँ, नागरिक एक हौँ
सब मिली राष्ट्रियताको गीत गाउनुछ

तेरो मेरो नभनौ, ठूल्दाइले हेप्यो भने
सिमानामा काँडेतारको बार लाउनुछ
मेची नी हाम्रै…
लौ उठ युवा हो..।

गीतलाई बुढाशुब्बा डिजिटलले युट्युब च्यानलमार्फत बजारमा ल्याएको हो । गीत सार्वजनिक भएको एक दिनमै करिब १० हजारले हेरिसकेका छन ।