गण्डकी प्रदेशमा थपिए २५ जना कोरोना संक्रमित

पोखरा । पोखरा गण्डकी प्रदेशमा शुक्रबार थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशका ४ जिल्लामा २५ नयाँ संक्रमित थपिएका हुन् । तनहूँमा २, स्याङ्जामा १, बागलुङमा १ र नवलपुरमा २१ गरि २५ नयाँ संक्रमित थपिएको निर्देशनालयले जनाएको छ ।