हेटौँडा–कुलेखानी सडक बन्द

हेटौँडा । हेटौँडा कुलेखानी हुँदै काठमाडौँ जोडने सडक बन्द भएको छ । वाग्मती प्रदेश, भौतिक योजना तथा निर्माण मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि सो सडकखण्डमा बन्द भएको जनाएको हो ।

हाल यो सडक खण्डको भीमफेदीदेखि कुलेखानीसम्म विस्तार तथा स्तरोन्नतिको काम जारी छ । मन्त्रालयले त्रिभुवन राजपथ र नौबिस मुग्लिन राजमार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।