कोशीमा बढ्दै पानीको वहाव

सुनसरी । तीन दिनदेखि तराई तथा पूर्वी पहाडी क्षेत्रमा लगातार वर्षा भएसँगै सप्तकोशी नदीमा पानीको वहाव बढ्ने क्रम सुरु भएको छ । तीन दिनदेखि परेको वर्षाका कारण सप्तकोशीमा पानीको वहावमा बढेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

आज दिउँसो १२ बजे गरिएको मापनानुसार कोशी ब्यारेज भएर एक लाख ७६ हजार पाँच सय १० क्युसेक प्रतिसेकेन्ड पानीको वहाव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । अहिले कोशी ब्यारेजका २६ ढोका खुुला गरिएको छ ।

बिहीबार बिहान कोशी व्यारेज भएर एक लाख सात हजार क्युसेक प्रतिसेकेन्ड तथा १२ बजे एक लाख १८ हजार क्युसेक प्रतिसेकेन्ड पानीको वहाव थियो । आज बिहान ९ बजे गरिएको मापनानुसार भने एक लाख ५९ हजार नौ सय ४० क्युसेक प्रतिसेकेन्ड पानीको वहाव रहेको थियो । कोशी ब्यारेजका २४ ढोका खुला गरिएको थियो ।