काठमाडौं । आज देशभर मौसममा पूर्ण बदली रहि केही भूभागमा वर्षा भइरहेको छ । देशभर मनसुनी वायुको प्रभावका साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेकोले बर्षा भइरहेको हो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावाना रहेको छ ।
यस्ता छ तीन दिनको मौसम पूर्वानुमान
असार १३ गते (शनिबार)
दिउँसोः देशका अधिकांश भू-भागमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १ , प्रदेश २, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।
रातीः देशको सबै प्रदेशहरुमा पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १ प्रदेश २, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका र प्रदेश ५का थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।
असार १४ गते (आइतबार)
दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १ प्रदेश २ तथा बाग्मती प्रदेश थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।
रातीः देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। सुदुरपश्चिम प्रदेश तथा प्रदेश ५का थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।
असार १५ गते (सोमबार)
दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश २ तथा बाग्मती प्रदेश थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।
रातीः देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। सुदुरपश्चिम प्रदेश, ५ प्रदेश तथा गण्डकी प्रदेश का थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशभर धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा सुदुरपश्चिम प्रदेश का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित भारी वर्षा को समेत संभावना रहेको छ।
तसर्थ ती क्षेत्रहरुका नदीहरुमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।