भारतमा संक्रमितको संख्या पाँच लाख नाघ्यो, एकै दिनमा १८ हजारभन्दा बढी सङ्क्रमित

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको कुल संख्या शनिबार पाँच लाखभन्दा बढी पुगेको छ । दैनिक हजारौको संख्यामा नयाँ सङ्क्रमित थपिदै गएका छन ।

सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मात्रै १८ हजारभन्दा बढी सङ्क्रमित थपिएका छन् । भारतमा शनिबार सार्वजनिक गरिएको तथ्यांकअनुसार एकैदिनमा १८ लाख पाँच सय ५२ जना सङ्क्रमित थपिएका हुन ।

गत जुनदेखि मात्रै भारतमा तीन लाख १८ हजार नयाँ सङ्क्रमित थपिएको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । देशभरी अहिले एक लाख ९७ हजार तीन सय ८७ जना सङ्क्रमित अवस्थामै रहेका छन् । सङ्क्रमणमुक्त हुनेहरुको संख्या दुई लाख ९५ हजार आठ स ८० पुगेको छ ।

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर अहिलेसम्म मृत्यु भएकाहरुको कुल संख्या १५ हजार ६ सय ८५ पुगेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसबाट सवैभन्दा धेरै महाराष्ट्र प्रदेश प्रभावित भएको छ । सो प्रदेशमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका र मृत्यु भएकाहरुको संख्या सवैभन्दा धेरै रहेको छ । महाराष्ट्रमा मात्रै अहिलेसम्म एक लाख ५२ हजार सात सय ६५ जना सङ्क्रमित छन् ।

त्यसैगरी केन्द्रिय राजधानी समेत रहेको दिल्ली प्रदेशमा ७४ हजार ६ सय २२ जना सङ्क्रमित भएको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।