कलाकार तथा पत्रकार पाण्डेको कार दुर्घटनामा मृत्यु

काठमाडौं । सवारी दुर्घटनामा परी रुपन्देहीमा पत्रकार कृष्णबावु पाण्डेको मृत्यु भएको छ । न्यूज२४ टेलिभिजनमा कार्यरत ३० वर्षीय पत्रकार पाण्डे शनिबार राति पौने १२ बजे सवारी दुर्घटनामा परि निधन भएको हो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका- ६ ड्राइभरटोल निवासी ३० वर्षीय उनी कलाकार तथा पत्रकार हुन् । उनले आफैले चलाएको कार दुर्घटनामा परेको थियो ।

उनले चलाएको बा७च ६९५९ नम्वरको कार अनियन्त्रित भइ रेलिङमा ठोक्किएर दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए ।

बुटवलको चौराहा हस्पिटल प्रालिमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।