तलब काटेर नगरको प्रकोप व्यवस्थापन कोषमा सहयोग

डडेल्धुरा । परशुराम नगरपालिकाका कार्यालय प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरु र नगरका इन्जिनियर महेशसिंह धामीले आफ्नो तलब काटेर नगरको प्रकोप व्यवस्थापन कोषमा सहयोग गरेका छन ।

नगरपालिका क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि त्यसको व्यवस्थापन गर्न नगरलाई समस्या परिरहेका बेला प्रशासकीय प्रमुख पनेरु र इन्जिनियर धामीले असार महिनाको आफ्नो तलबबाट जनही १० हजारका दरले सहयोग रकम नगरप्रमुख भीमबहादुर साउदलाई हस्तान्तरण गरेका हुन ।

रकम जे जस्तो भए पनि भावना ठूलो भएको भन्दै मानवीय सहयोगका लागि नगरप्रमुख साउदले उनीहरुको प्रसंसा गरेका थिए । ुथोपा थोपाले समुद्र बन्द, यस्तै सहयोगले यो महामारीसँग लड्ने प्रेरणा प्रदान गरिरहेको छ,ु रकमको चेक बुझ्दै नगर प्रमुख साउदले खुसी व्यक्त गरेका थिए ।

उक्त रकम नगरमा भएका क्वारेन्टिन तथा आइसोलेसन व्यवस्थापका लागि परशुराम नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जमा गरिएको छ ।