पारित नक्शा न प्रधानमन्त्रीको अटोग्राफ हो, न उहाँको शासकीय अयोग्यता ढाक्ने पछ्यौरीः विश्वप्रकाश शर्मा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संसदबाट सर्वसम्मत पारित नभएको नेपालको नक्शाको विषयलाई लिएर आफ्नो अयोग्यता ढाकछोप नगर्न प्रधानमन्त्री ओलीलाई स्मरण गराएका छन ।

उनले प्रधानमन्त्री ओलीले नक्शा पास भएपछि भारतीय शक्ति आफूलाई हटाउन लागिरहेको, काठमाडौंको होटेलमा भारतीय कुटनीतिज्ञको चलखेल बढेको भन्दै दिएको अभिव्यक्तिप्रति इंगित गर्दै भनेको छन, ‘प्रधानमन्त्री बनाउन र हटाउन नेकपासँग संसदमा रहेको बहुमतको संवैधानिक सार्वभौमिकता नेकपासँग छ कि छैन ? छ भने त्यसको प्रयोग गर्ने या नगर्ने जिम्मेवार विवेक उपर नेकपाको स्वतन्त्र हक के सुरक्षीत छैन ?’

प्रवक्ता शर्माले पारित नक्सा प्रधानमन्त्री ओलीको निजी कुरा नभएको पनि स्पस्ट पार्दै ट्वीटमा भनेका छन, ‘पारित नक्सा न प्रमले दिएको ब्यक्तिगत अटोग्राफ हो, न उहाँको शासकीय अयोग्यता ढाक्ने पछ्यौरी !’ त्यो सम्पूर्ण नेपालीको चाहना र कदमको परिणाम भएको पनि शर्माले स्मरण गराएका छन । त्यसलाई टेकेर प्रधानमन्त्रीले राजनीतिक र कुटनीतिक मर्यादाभन्दा बाहिर गएर आफ्नो सत्ता सुरक्षाको कवच बनाउन खोजेको आरोप शर्माको छ ।

उनले लेखेका छन, ‘सिंगो देश एकढिक्का उभिएर संसदबाट सर्वसम्मत पारित नक्साको जग्गा फिर्ता गराउने कुटनैतिक पहलको ुच्याप्टर क्लोजु गरेर त्यसलाई सत्ता रक्षाको कवच बनाउन खोज्ने प्रवृत्ति न राजनैतिक छ न कुटनैतिक ।’